घटना-दुर्घटना

विदुरमा पहिचान नभएको शव फेला, सनाखतमा सहयोग गरिदिन प्रहरीको विशेष अनुरोध

इकागज |
माघ २८, २०८० आइतबार १०:५५ बजे

काठमाडौँ - नुवाकोटमा कुहिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शनिबार दिउँसो विदुर नगरपालिका -२ को चुच्चे जंगलको खोल्सामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 पश्चिम दिशातर्फ अनुहारको भाग भई दाहिने खुट्टाको पैतालाले जमिनको भागमा छोई अनुहारको भाग र शरीरको अन्य भाग समेत औँशा परी अनुहारको भाग नचिनिने गरी दुर्गन्धित भएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । 


मृतकले माथिल्लो भागमा नीलो कालो रङको हुडी, कालो रङको सुईटर, कम्मरको भागमा निलो रङको पटुकी, शरीरको तल्लो भागमा कालो रङको ट्रयाक, भित्र पट्टी कालो रङको टाउजर, खुट्टामा कालो सेतो रङको मोजा लगाएको अन्दाजी ३५ वर्ष जतिको पुरुष नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 

प्रहरीले कोही कसैको परिवारको सदस्य, आफन्तजन तथा साथी हराइरहेको, कोही कसैको घर कोठामा डेरा गरी बस्ने मानिसहरू सम्पर्कमा नआएको, कुनै उद्योग तथा  कलकारखाना, कम्पनी, पसल वा कार्यालय लगायतमा काम गर्ने मानिस/कामदार सम्पर्कमा नआएको भएमा यस घटना सम्बन्धमा कोही कसैलाई थाहा भएमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेको छ । 

प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको (प्रहरी नियन्त्रण कक्ष) १००, ९८५१२८२८११, ९८५१२५३७२४ मा जानकारी गराउन आग्रह गरेको छ । 
 


Author

थप समाचार
x