पूर्वाधार

तीन वर्षअघि देउवाले शिलान्यास गरेको पुलको काम बल्ल थालियो

इकागज |
पुस १८, २०८० बुधबार १९:१७ बजे

उदयपुर -  जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ ।  निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो । 

एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले अब कुनै पनि बहानामा काम रोक्न नपाइने बताए । सरकारले विनियोजन गरेको रु १९ करोड १८ लाख ४१  हजार चार सयको लागतमा पुल निर्माण थालिएको हो ।
 
प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षअघि पुलको शिलान्यास गरेका थिए । 



Author

थप समाचार
x