अनियमितता

भ्रष्टाचार मुद्दामा फसे नगरपालिका अधिकृत–इन्जिनियर

इकागज |
बैशाख ८, २०७९ बिहीबार १७:१२ बजे

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका गुणस्तरहीन विकासमा संलग्न हुँदै ठेकेदारलाई लाभ पुर्‍याउँदै भ्रष्टाचार गरेको अभियोगमा छ सरकारी अधिकारी र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसहित ७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी दिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको देखिएको आयोगको दाबी छ ।

आयोगले प्रशासकीय अधिकृत खेमराज बिष्टविरुद्ध ३१ लाख ३७ हजार ८सय ५३ रुपैयाँको अभियोग लगाएको छ । त्यसरी नै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीविरुद्ध २५ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ बिगो लगाएको छ ।

सबभन्दा बढी अभियोग तत्कालीन इन्जिनियर पूर्ण कुँवरविरुद्ध लगाएको छ । आयोगले कुँवरविरुद्ध ५६ लाख ९० हजार ७ सय ४० रुपैयाँ बिगो लगाएको छ । त्यसरी नै सब–इन्जिनियर ज्ञानेन्द्र बुढा, नरेन्द्र शाही, ल्याब टेक्निसियन धनबहादुर विष्ट र ठेकेदार गणेश विष्टविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ ।

अख्तियारले लगाएको बिगोसम्बन्धी निर्णय ः
 


Author

थप समाचार
x