संगीत

गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी नायिका छिरिङ र कोरियोग्राफर जेडी तमु

इकागज |
कात्तिक २८, २०७९ सोमबार १०:२९ बजे

 काठमाडौँ- शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जेडी तमुले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । उनीहरुले ‘सर्वाधिक उचाईमा जोडी नृत्य गर्ने जोडी’ का रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका हुन् ।

उनीहरुले ‘Highest altitude choreographed dance on land(pair) टाइटलमा विश्व रेकर्ड कायम गर्ने तयारी गरेका हुन् । छिरिङ शेर्पा चर्चित डान्सिङ रियालिटी सो डान्सिङ स्टार्स नेपालको विजेता हुन् । उनले चर्चित कलाकार तथा कोरियोग्राफर कोरियोग्राफर सरोज प्रजासँग मिलेर जित हासिल गरेका थिए ।


शेर्पा समुदायकी पहिलो नायिका छिरिङ शेर्पाको पूरा नाम छिरिङ डोमा शेर्पा हो । शेर्पा फिल्म्स संघ नेपालकी अध्यक्ष समेत रहेकी छिरिङ, मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन् । शेर्पा भाषाको चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न साँस्कृतिक कलाहरुमा चर्चा कमाएकी छिरिङले नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् ।

मिस ईण्डिजिनियस हेरिटेज नेपाल २०१६ जितेकी छिरिङले मिस टिनेजर इन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधि पनि जितेकी थिइन् । आइडियल इङ्ग्लिस सेकेण्डरी स्कुलबाट मार्केटिङ एडभरटाइजिङ बिजनेश स्टडिज अध्ययन गरेकी छिरिङले बज्र इन्टरनेसनल कलेजमा औपचारिक रुपमा नृत्य सिकेकी छिन् । पद्मकन्या क्याम्पसमा बिए अध्ययन गरेकी छिरिङले बिजनेश म्यानेजमेन्ट र फेसन डिजाइनिङ पनि अध्ययन गरेकी छिन् । उनी गौतम बुद्ध फिल्मका निर्देशक पनि हुन् ।

जेडी तमु पनि डान्सिङ स्टार्स नेपालका फाइनालिष्ट हुन् । उनले नायिका तथा मोडल परमिता रानासँग मिलेर सेकेण्ड रनर अप भएका थिए । जेडी चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । उनको पूरा नाम जगदिश गुरुङ हो । इलाम निवासी जेडी नृत्य क्षेत्रमा चर्चित छन् । उनले नायिका तथा मोडल परमिता रानासँग मिलेर सेकेण्ड रनर अप भएका थिए । वाई स्ट्याण्ड डान्स स्कूलमा नृत्य पनि सिकाईरहेका जेडीले नेपा डान्स एकेडेमी, अरपिता स्टेपअप डान्स एकेडेमी लगायतका विभिन्न डान्स एकेडेमीमा प्रशिक्षक रुपमा काम गरिसकेका छन् । उनले टेरेन्स लुईस प्रोफेसनल ट्रेनिङ ईन्स्टिच्युटबाट नृत्यमा डिप्लोमा गरेका छन् । डान्सर, कोरियोग्राफरका रुपमा परिचित जेडी एक सफल भ्लगर पनि हुन् । उनी विशेषगरी कन्टेम्प्ररी, ज्याज र ब्यालेट डान्समा पोख्त छन् ।


Author

थप समाचार
x