संगीत

यशकुमारको ‘गल्ली’ गीत सार्वजनिक कार्यक्रममा जीतुमाथि राजेश हमालको ठठ्टा

इकागज |
माघ २०, २०७९ शुक्रबार १३:७ बजे

काठमाडौँ-  गायक तथा अभिनेता यश कुमारको सांगीतिक फिल्म ‘गल्ली’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा गीत सार्वजनिक गरिएको हो । १० मिनेट ३५ सेकेण्ड लामो उक्त म्युजिकल फिल्ममा गायक यश कुमार तथा मेचु धिमालको स्वर रहेको छ । गीतमा गायक यश कुमारकै शब्द तथा संगीत रहेको छ । देवेश राई गीत गीतका संगीत संयोजक हुन् ।

म्युजिकल फिल्ममा गायक यश कुमारसहित रेश्मा घिमिरे, राजेश घतानी तथा आयुष बराइलीको अभिनय रहेको छ । हरि हुमागाईंको छायांकन, विकाश धमलाको सम्पादन तथा गायक यश कुमारकै कथामा तयार पारिएको म्युजिकल फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन् ।


उक्त भिडियो सार्वजनिक गर्ने समारोहमा राजेश हमालले कुनै पनि कला एउटा व्यक्तिको नहुने धारणा व्यक्त गरेका थिए । अभिनेता हमालले आफूले पनि मन बूढो भएन भन्ने गीत गाएको प्रसंग कोट्याउँदै आफू जवान नै रहेकाले मन बूढो हुने कुरै नभएको भन्दै ठठ्टा गरेका थिए । उक्त अवसरमा अभिनेता हमालले आफ्नो गीत पनि गाएर सुनाएका थिए ।

उनले कलाकार जीतु नेपालमाथि पनिको ठठ्टा गरेका थिए । जितुको फिल्म ‘ह्यारी की प्यारी’ अलि अगाडि नै रिलिज भएको भए आफ्नो पत्तासाफ हुने भन्दै ठट्टा  गरेका थिए । कार्यक्रममा अभिनेता जीतु नेपालले शुक्रवारदेखि फिल्म ह्यारी की प्यारी हलहरुमा प्रदर्शन हुने भन्दै फिल्ममा आफू र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम कहानीको उतारचढाव रहेकाले सबैले हेरेर साथ दिन आग्रह गरे ।

 


Author

थप समाचार
x