संगीत

प्रेम दिवसमा अनु आचार्य अभिनित ‘समय’ सार्वजनिक

इकागज |
माघ २८, २०७९ शनिबार १२:१२ बजे

काठमाडौं - प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्ज, मिक्सङ र माष्टरिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई स्वरमा वेनिशा पौडेलले साथ दिएकी छन् । 

योगेश शाक्यको छाँयांकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ ।


प्रेम दिवसमा आफ्नो प्रेमीलाई प्रोपज गर्न तयार भएको युवतीले अर्कै युवालाई प्रपोज गरेपछिको घटनाक्रम भिडियोको कथामा वस्तु उनिएको छ । यथार्थ घटना के हो भन्ने विषयमा भने सस्पेन्स राखिएको भिडियो निकै राम्रो बनेको छ । 

बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छाँयांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । ओएसआर डिजिटलमार्फत् गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रुपन्देहीको भैरहवमाका स्थानीय बासिन्दा प्रञ्जलको यसअघि सार्वजनिक गीत ‘दिलमा सर्किट बनेर’ निक्कै मनपराइएको थियो । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक/स्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताए । ‘सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएको छौं, दर्शक/स्रोताले मनपराइदिनुहुन्छ भन्नेमा आशावादी छौं’, प्रञ्जलले भने ।

 


Author

थप समाचार
x