संगीत

कन्हैया सिंहको 'अचानक' गजल सार्वजनिक

इकागज |
फागुन ६, २०७९ शनिबार १०:३६ बजे

काठमाडौँ - गायक तथा संगीतकार कन्हैया सिंह परियारले नयाँ गजल गीत 'अचानक' सार्वजनिक गरेका छन् । तीनदशक देखी सांगितीक क्षेत्रमा सक्रिए परियारको उक्त गीतको भिडियो बिहीबार काठमाडौंको मैतीदेवीस्थित 'डोरी रेष्टुराँ'मा एक कार्यक्रमका बिच प्रिमियर गरियो ।

गीतमा वरिष्ठ गीतकार डा. कृष्ण हरि बरालका शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले गजल गीतको प्रसंशा गरे । उनले गजलका शब्द, संगीत संयोजन र गायकीको खुलेरै प्रसंशा गरेका थिए । उनले गायक परियारले गीतसंगीतमा गरिरहेको योगदानको बारेमा पनि चर्चा गरे ।

गायक परियारले गजलको बोलबारे प्रष्ट पारे । बोल अचानक भएपनि करिव तीन वर्षको मेहनतपछि यो संगीत पारखीमाझ आउन सफल भएको बताए । राजु कार्की उक्त गजलका संगीत संयोजक हुन् ।

उक्त गजलको भिडियोमा गजित विष्ट र अञ्जली अधिकारीले अभिनय रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने नबिन निरौला यसका सम्पादक हुन् । गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा गायक परियारलाई पनि फिचर गरिएको छ ।उक्त गजलको भिडियो कन्हैयासिंह परियारको युटुव चयानलमा हेर्न सकिन्छ ।

 



Author

थप समाचार
x