संगीत

आफ्नै जेल जीवनलाई भिडियोमा उतार्दै पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्‍याे’

इकागज |
बैशाख २८, २०८० बिहीबार १६:४५ बजे

काठमाडौँ - नाबालिग बलात्कारको अभियोगमा एक वर्ष जेल बिताएका अभिनेता पल शाहले सोही समयको झल्को दिने गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने बानी पर्यो’ शीर्षकको गीतमा बनेको भिडियोमा विगतका वर्षमा उनले भोगेका सादृश्य क्षणहरू उतारिएको छ । १ वर्षको जेल बसाइपछि अदालतले उनलाई निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएको थियो ।

अनु चौधरीको स्वर रहेको गीतको भिडियोमा पल शाह जेल गएको र उनी जेल गएपछि परिवारले गरेको संघर्षलाई स्थान दिइएको छ । त्यसैगरी उनका लागि हरेक धर्म समुदायका मानिसले प्रार्थना गरेको पनि देखाइएको छ । वास्तविक जीवनमा पनि पल शाहको रिहाइका लागि भन्दै माइतीघरमा प्रदर्शन भएको थियो ।
भिडियोमा उनी १ वर्षपछि छुटेको र उनलाई माला र पूजाआजासहित घर भित्र्याइएका दृश्य पनि दुरुस्त राखिएको छ । 


जेल जीवन बिताएर फर्किएपछि मेला महोत्सवमा देखिएका पल शाह भिडियोमा पहिलोपल्ट देखिएका हुन् । भिडियोमा उनले अभिनयसँगै निर्देशन पनि गरेका छन् । यही गीतको पुरुष स्वरलाई पनि पल आफैँले निर्देशन गरेका थिए । गीतको सिर्जना र गायन भने पुष्पन प्रधानले गरेका हुन् । 

 


Author

थप समाचार
x