संसद्

आज पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्दै संसदीय छानबिन समिति

इकागज |
साउन ४, २०७९ बुधबार ९:२७ बजे

फाइल तस्बिर

काठमाडौँ - बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समिति समितिको आज बैठक बस्दैछ । बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ। 

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरी करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो। समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।



 


Author

थप समाचार
x