संसद्

क्रिकेट खेलाडीले लिग जितिरहे, सरकारले उधारो पुरस्कार घोषणा गरिरह्यो : सांसद साह

इकागज |
असोज १६, २०८० मंगलबार १४:४१ बजे

काठमाडौँ– सांसद असिम साहले क्रिकेट खेलाडीले लिग जितिरहेको तर सरकार भने उधारो पुरस्कार घोषणा गरिरहेको आरोप लगाएका छन् । नेपाली टोलीले भारतविरुद्ध आज गरेको उत्कृष्ट प्रदर्शनको प्रसंग जोड्दै मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘बधाई दिन त नेताज्यू, सरकार कसैले बिर्सेन होला तर पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा पटक पटक सदनमा उठाउन लाज लागेको छ । घोषणा गरेको रकम १७ लाख पुगिसक्यो तर सरकारले दुई रुपैयाँसमेत दिन सकेको छैन ।’


सांसद साहले प्रधानमन्त्रीले खेल खेल्न जानुहोस् खातामा पैसा आउँछ भनेर झुटो आश्वासनमा झुलाएको समेत आरोप लगाए । उनले जितेर आएकाको हाल यस्तो भएको र जित्न बाँकी, सिक्दै गरेकाहरूको हालत झन् के होला भनेर सभामुख मार्फत सरकारलाई प्रश्न समेत गरेका छन् ।  

सांसद साहले अहिले खेलकुद मन्त्रालय कसैले पनि लिन नचाहने मन्त्रालय भएको दाबी गरेका छन् । 


Author

थप समाचार
x