संसद्

आज एउटै समयमा पाँच संसदीय समितिको बैठक बस्दै

इकागज |
कात्तिक १५, २०८० बुधबार ९:८ बजे

फाइल तस्बिर

काठमाडौँ- आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हकहित समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी समस्याबारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको अनुगमन सम्बन्धमा छलफल हुनेछ ।


त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका काम कारबाहीका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने कार्यसूची रहेको छ भने बिहान ११ बजे नै सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।


Author

थप समाचार
x