संसद्

किसानले सात अर्ब बक्यौता रकम पाएका छैनन् : सांसद रायमाझी

इकागज |
कात्तिक १६, २०८० बिहीबार १२:४४ बजे

काठमाडौँ – नेकपा एमालेकी सांसद बिजुला रायमाझीले नेपालमै बसेर केही गरौँ भन्ने कृषक र कृषि जन्य उत्पादनहरूमा आइ पर्ने समस्याप्रति सरकारकाे ध्यानाकर्षण गराएकी छिन् । 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद रायमाझीले सभामुखमार्फत कृषि मन्त्रालय र अर्थ मन्त्रालयलाई उक्त ध्यानाकर्षण गराएकी हुन् । 


उनले भनिन्, ‘दूध, दूधजन्य पदार्थ र माछामा आत्मनिर्भर हुँदा हुँदै भारतीय आयातलाई रोक्न र नेपाली उत्पादनको मर्म बुझिदिन जोडदार माग गर्छु । उत्पादित दूधमध्ये तिनलाख लिटर दूध बजारमा खपत हुन सकेको छैन ।’ 

उनले दुग्ध विकास संस्था र निजी डेरीले  किसानको करिब सात अर्ब बक्यौता रकम भुक्तानी नगरेको व्यहोराको जिकिर गरिन् । 

साथै, सांसद रायमाझीले कृषिजन्य उत्पादनले उचित मूल्य पाउनलाई खुला सीमामा अनुगमन बढाउनुपर्ने मागसमेत गरिन् । 


Author

थप समाचार
x