संसद्

सडक सुरक्षा परिषद्को निर्माण हुनुपर्छ : सांसद भट्टराई

इकागज |
कात्तिक १६, २०८० बिहीबार १३:८ बजे

काठमाडौँ– नेकपा एमालेकी सांसद विद्या भट्टराईले सडक दुर्घटना कम गर्न छुट्टै नियमनकारी निकाय आवश्यक भएकाले सडक सुरक्षा परिषद्को निर्माण हुनुपर्ने जिकिर गरेकी छिन् । 

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद भट्टराईले विश्वमा सडक दुर्घटना अकाल मृत्युको आठौँ कारण भएता पनि नेपालमा भने पहिलो कारण भएको उल्लेख गरेकी हुन् । 


सांसद भट्टराईले भनिन्, ‘संयुक्त राष्ट्रसंघले २०२० देखि २०३० लाई सडक सुरक्षा दशक घोषणा गरेको छ । २०३० सम्म दुर्घटनाको दर ५० प्रतिशतले घटाउनुपर्छ भनिएको छ । तर, नेपालमा २०७९/८० को तथ्याङ्क केलाउँदा २३२० जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको र २८ हजार १५६ घाइते भएका देखिएकाे छ ।’

सांसद भट्टराईले अगाडि भनिन्, ‘असुरक्षित र मापदण्ड  विपरीत सडक निर्माण, चालकको लापरबाहीले मानव जीवनको क्षतिको नियति नै बनेको छ ।'

उनले सडक सुरक्षा परिषद्को निर्माणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएकी छिन् । 


Author

थप समाचार
x