संसद्

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

इकागज |
फागुन २७, २०८० आइतबार ८:३२ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजेर ९ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ ।


त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।


 


Author

थप समाचार
x