दल

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

इकागज |
माघ २३, २०७९ सोमबार १८:३० बजे

काठमाडौं- नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।  

नेकपा एमालेको यहीँ माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।


तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे छलफल हुने रिजालको भनाइ छ ।


Author

थप समाचार
x