दल

कांग्रेस बैठकमा उठ्यो धर्म निरपेक्षता र संघीयताको विकल्प खोज्नुपर्ने माग

इकागज |
साउन ५, २०८० शुक्रबार १६:४० बजे

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संघीयता र धर्म निरपेक्षताको विकल्प खोज्नुपर्ने माग उठेको छ । कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चौथो दिनको बैठकमा बोल्दै संघीयता र धर्म निपरेक्षताको विकल्प खोज्नुपर्ने धारणा राखे ।  

संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताउँदै भण्डारीले भने, ‘संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो । संघीयताको बारेमा अर्को विकल्प खोज्नुपर्दछ । निर्वाचन प्रणालीका बारेमा पुनर्विचार गर्नुपर्दछ ।’


त्यस्तै, उनले पार्टीभित्र समस्या रहेको पनि बताए । ९ सय क्रियाशील सदस्य रहेको क्षेत्रमा सय भोट पनि नआएको उनको भनाइ छ । यसको कारण खोज्नुपर्नेमा उनले जोड दिए ।  

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज चौथो दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।


Author

थप समाचार
x