दल

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

इकागज |
पुस १०, २०८० मंगलबार १३:४४ बजे

फाइल तस्बिर

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय बालकुमारीमा बैठक सुरु भएको सो पार्टीको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक सुरु भएको हो । 


यसैगरी आजको बैठकमा यही पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गरिने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । 

जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीको कार्यकारिणी सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इञ्चार्ज रहेको कार्यदल गठन गरेको छ ।


Author

थप समाचार
x