दल

पक्राउ पुर्जी जारी गरिएका विप्लव बालुवाटार बैठकमा

सरकारलाई विप्लवको चेतावनीः दोहोरो चरित्र सह्य हुँदैन

इकागज |
पुस ११, २०८० बुधबार १२:२८ बजे

फाइल फोटो

काठमाडौँ  - नेकपाका महासचिव नेत्र विक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन् । ​

आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरु भएको बताए । चन्दलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पुर्जी​बारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए । 


उनले भने, ‘बैठक आजबाट सुरु भएको छ । देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरु भएको छ । आज साँझ फेरि ६ बजे यही बैठक हुन्छ र निर्णय हुन्छ, यो चाहिँ चल्दैन । सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरू देखिएका छन्, त्यो चल्दैन ।’

नेता चन्दले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा नै बस्ने बताए । 


Author

थप समाचार
x