दल

झलनाथ खनाल भन्छन् : पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो

इकागज |
पुस ११, २०८० बुधबार १५:१० बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताएका छन् ।

पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिए पनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाइ थियो । बुधबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी समेत गरे ।


सम्मानित नेता खनालले उमेरहद राख्ने तर विचारवान् नेताहरू जन्माउन नसकिएको पनि स्मरण गराए । उनले आगामी महाधिवेशनमा पार्टीमा युवाहरूको व्यापक उपस्थिति हुने गरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिए ।

नेता खनालले पार्टी कमिटीका आकारहरू पनि घटाउनुपर्ने प्रस्ताव गरे । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौती गर्न आवश्यक रहेको उनको तर्क थियो ।

 


Author

थप समाचार
x