दल

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि

इकागज |
पुस १२, २०८० बिहीबार ६:५१ बजे

काठमाडौं  - नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । 

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले विधान संशोधनका बारेमा आ-आफ्नो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ ।


आजको बैठक बिहान ११ः०० बजे देखि सुरु हुनेछ ।  हिजोको बैठकमा केन्द्रीय सदस्यहरू महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कुमारी तामाङ, शेरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त,  लोकबहहादुर डागी, धनप्रसाद गौतमलगायतले धारणा राखिसकेका छन ।

विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुटाइएको छ । 

आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले आ -आफनो धारणा राख्नेछन् ।

 


Author

थप समाचार
x