दल

सर्लाही घटनाका पीडितलाई क्षतिपूर्ति दिन रवि लामिछानेको माग

इकागज |
पुस २१, २०८० शनिबार १६:८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाही घटनाका पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्  । शनिबार सामाजिक सञ्चाल एक्समा एक पोस्ट लेख्दै उनले यस्तो माग गरेका हुन् । 

‘ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ,’ उनले लेखेका छन्, ‘लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनैपर्छ ।’


लामिछानेले अगाडि लेखेका छन्, ‘यस दु:खद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त कारबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु ।


Author

थप समाचार
x