दल

एकीकृत समाजवादीमा राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा माधव नेपालसहित ३ नेतालाई

इकागज |
पुस २१, २०८० शनिबार १७:० बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारलगायतका विषयमा निर्णय गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल तीन जनालाई अधिकार दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको नेकपा (एस) को सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनसँग एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षी कै रूपमा बस्नुपर्ने बताए ।


राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले ५ सीटमा अडान राखेको छ ।


Author

थप समाचार
x