दल

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सीट

इकागज |
पुस २१, २०८० शनिबार १७:२६ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका पाँच सीट र अध्यक्ष मागेको छ । गठबन्धनको आजको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सीटमा भाग मागेको हो ।

नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ । गठबन्धनभित्र राष्ट्रिय सभाका २० सीटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरेको छ ।



Author

थप समाचार
x