दल

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसबाट कृष्णप्रसाद सिटौलाकाे नाममा सहमति

इकागज |
पुस २२, २०८० आइतबार १९:६ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनकाे उम्मेदवारका लागि नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलाकाे नाममा सहमति भएको छ ।

उम्मेदवार चयन गर्न पार्टी कार्यालय सानेपामा बसेकाे संसदीय बाेर्डकाे बैठकमा सिटाैलाकाे नाममा सहमति भएको हाे । बैठकमा सहभागी एक नेताले भने, 'सिटाैलाजीकाे नाममा सहमति भएको छ अन्यबारे छलफल जारी छ । सिटौला टिकट लिएर विराटनगरका लागि प्रस्थान गरिसकेका छन् ।'


कांग्रेसको डा शेखर काेइराला पक्षले गत साल भएको निर्वाचनमा पराजितलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नबनाउने भने पनि सिटाैलाकाे नाममा भने सहमति गरेको स्राेतले बतायाे ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले  सत्ता गठबन्धनमा भागबन्डा लगाउँदा १० सिट पाएकाे छ ।  संसदीय बाेर्डकाे बैठकपछि आजै बस्ने कार्यसम्पादनकाे बैठकले अन्य उम्मेदवार टुंगो लगाउने छ ।


Author

थप समाचार
x