दल

राष्ट्रिय स्तरबाटै राष्ट्रिय एकता दिवस मनाउनुपर्छः कमल थापा

इकागज |
पुस २७, २०८० शुक्रबार १५:५७ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्तरबाटै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताएका छन् । 

पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौंमा चियापानको कार्यक्रम आयोजना गर्दै थापाले सार्वजनिक बिदा दिएरमात्रै नपुग्ने भन्दै राष्ट्रिय स्तरबाटै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताएका हुन् । उनले पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै यस दिवसलाई राष्ट्रिय स्वरूपमा लैजानुपर्ने धारणा राखे । पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणको योगदानलाई केवल संस्थासंग मात्रै जोडेर हेर्न नहुने उनले बताए । 


चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, विभिन्न दलका नेता, राप्रपा नेपालका कार्यकर्ता, शुभेच्छुक सर्वसाधारण लगायतकाे उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x