दल

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

इकागज |
माघ २८, २०८० आइतबार १४:२२ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु भएको छ ।

समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय समितीको बैठक बसेको हो ।


दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ मा विशेष समीक्षा गर्ने कार्यसूची छ । त्यस्तै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

४०९ सदस्यीय माओवादी केन्द्रीय कमिटीमा १९० वैकल्पिक केन्द्रीय सदस्य रहेका छन् । त्यस्तै बैठकमा सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीको बैठकमा सहभागिता रहेको छ । माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । 


Author

थप समाचार
x