दल

एमाले केन्द्रीय समिति बैठक आज पनि

इकागज |
फागुन १०, २०८० बिहीबार ६:४३ बजे

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ-आफ्नो राय दिनेछन् ।


जारी बैठकमा प्रस्तुत अवधारणामाथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी  सामुहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समुहमा विभाजन गरी छलफल गरिएको हो ।

सोही समुहले आज प्रतिवेदनको निचोड सुनाउने भएको हो । 


Author

थप समाचार
x