दल

कांग्रेस भित्र बृहत् एकता देखियो : सिटौला

इकागज |
फागुन १०, २०८० बिहीबार १७:४६ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टी भित्र बृहत् एकता देखिएको बताएका छन ।

महासमिती बैठकको समापनमा आफ्नो धारणा राख्दै सिटौलाले महासमिति बैठकले कांग्रेस भित्र एकता रहेको सन्देश दिएको बताए । 


 यो महासमितिले कांग्रेस भित्र बृहत् एकताको सन्देश दिएको छ, आगामी निर्वाचनमा काग्रेसले बहुमतका साथ परिणाम निकाल्ने सन्देश लिएर अब सबै फर्कौंझ सिटौलाले भने ।

उनले संविधान बनाएको कांग्रेसले नै संविधानको कार्यान्वयनमा पनि आफ्नो भुमिका देखाउनु पर्ने बताए ।


Author

थप समाचार
x