दल

काँग्रेस बैठकमा देउवाको ब्रिफिङ -प्रचण्डले गठबन्धन तोडे, प्रतिपक्षमा बस्छाैँ

इकागज |
फागुन २१, २०८० सोमबार १२:३९ बजे

फाइल फोटो

काठमाडौं - संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको हो । 

अब आफूहरू प्रतिपक्षको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेतक लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका हुन् ।


उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका लेखकले जानकारी गराए । 
‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउँछौँ,’ उनले भने । 


Author

थप समाचार
x