दल

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा कांग्रेसको विरोध

इकागज |
चैत ६, २०८० मंगलबार १२:५५ बजे

फाइल तस्बिर/इकागज

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएको छ । 

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद दीपक गिरीलाई बोल्न समय दिएका थिए । 


गिरीले सहकारी प्रकरणमा उजुरी परेका व्यक्तिलाई नै गृहमन्त्री बनाउँदा अनुसन्धान प्रभावित हुने भएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे । तत्कालीन अवस्थामा लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीबाट ऋण लिएर नतिरेको र सहकारी बचतकर्तालाई ठगी गरेको उनले बताए । उनले स्वार्थ बाझिने गरि लामिछानेलाई किन गृहमन्त्री बनाउनुपर्यो भनेर प्रश्न गरे । 

गिरीले अहिलेको अवस्थामा एउटै विकल्प लामिछानेको राजीनामा भएको जिकिर गरे । 


Author

थप समाचार
x