दल

माओवादी र नेसपाको चार बुँदे सहमतिमा के छ ?

इकागज |
चैत ३, २०८० शनिबार १०:४९ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकता गर्ने सहमति भएको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका हुन् ।


शनिबार दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको माओवादीका महासचिव देव गुरूङले बताए । एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएकोनेसपाका महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।

पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादीको तर्फबाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

एकता गर्ने बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ, नेसपाको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

र, यो पनि


Author

थप समाचार
x