दल

लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति

इकागज |
चैत २२, २०८० बिहीबार १८:२० बजे

बुटवल- लुम्बिनीमा नयाँ सत्ता समीकरणमा रहेका दलहरूबीच सरकार गठनबारे सहमति भएको छ । लुम्बिनी प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच बिहीबार पाँच बुँदे सहमति भएको हो । 

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।


सहमतिमा लुम्बिनीमा माओवादीका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने, प्रदेशमा हुने राजनीतिक नियुक्तिमा सबै दलको अपनत्व हुने गरी गर्ने लगायतका सहमति गरिएको छ ।


Author

थप समाचार
x