दल

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

इकागज |
बैशाख २४, २०८१ सोमबार १२:१० बजे

फाइल तस्बिर

काठमाडौँ - जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री  दीपक कार्कीले आफू संस्थापन पक्षमै आबद्ध रहेको प्रष्ट पारेका छन् ।

राज्यमन्त्री कार्कीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल संस्थापन पक्षमै यथावत् रहेको बताएको हो ।


विज्ञप्तिमा भनिएको छ, ‘माननीय कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उनी कुनैपनि गुट वा दलसँग आबद्ध नरहेको र जसपा नेपाल संस्थापन पक्षमै यथावत् रहेका छन् ।’


Author

थप समाचार
x