दल

२१५३ प्रतिनिधिलाई झोलामा के दियो एमालेले ?

बाबुराम भण्डारी |
मंसिर १२, २०७८ आइतबार १२:२७ बजे

सौराहा- नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्द सत्रमा सहभागी २१५३ प्रतिनिधिलाई एमालेले एउटा झोला दिएको छ । 

भिर्न र झुण्ड्याएर पनि बोक्न मिल्ने एमालेको १०औं महाधिवेशनको लोगो अंकित त्यो झोलाभित्र के छ भन्ने कुरा सबै प्रतिनिधिले अहिले पनि खोलेर हेरेका छैनन् । 


तर, प्रतिनिधि बाहेकका कार्यकर्ता भने झोलाभित्र के होला भनेर चासो राखिरहेका छन् । कालो झोलामा एउटा डायरी र डटपेनसहितका पार्टीका दस्तावेजसम्बन्धी केही प्रकाशनहरु रहेका छन् ।

एमालेको विधान अधिवेशनबाट पारित विधानसहित मुलबाटो, नवयुग र द न्यु एरा  नामक पार्टीका प्रकाशन रहेका छन् ।

त्यसैगरी एमाले अध्यक्ष केपी ओलीले विधान महाधिवेशनबाट पारित समसामयिक प्रस्ताव र समापन मन्तव्य रहेको पुस्तिका पनि राखिएको छ ।

जिल्ला कमिटी चितवनकी अध्यक्ष पार्वती रावलले चितवन जिल्लाको नक्साभित्र एमालेको महाधिवेशन चिनाउने स्मृति चिन्हसहितको टोकनलाई उपहारका रुपमा राखिएको छ । 

प्रतिनिधिहरु त्याे झोला बोकेर आज दोश्रो दिन पनि बन्द सत्रभित्र प्रवेश गरिरहेका छन् । बिहान १० बजे सुरु हुने भनिएको बन्द सत्र सुरु हुन ढिलाई भइरहेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x