दल

एमाले मोरङको अध्यक्षमा पोखरेलसहित पदाधिकारी सर्वसम्मत

इकागज |
पुस २४, २०७८ शनिबार १९:६ बजे

विराटनगर । नेकपा एमाले मोरङको जारी नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा र दुई सहसचिवमा शान्ती लिम्बू र सन्तोष साह सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । १६५ सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फको मनोनयन भने जारी छ ।


अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएको जनाइएको छ । निर्वाचन समितिले भोलिमात्रै औपचारिक रुपमा घोषणा गर्ने जनाइएको छ ।

जिल्ला अधिवेशनमा १७ वटा पालिकाबाट १ हजार ४३० प्रतिनिधि सहभागी छन् । सदस्यतर्फ भने आकांक्षीको संख्या अत्याधिक रहेको जनाएको छ । पदाधिकारी बाहेक १६० सदस्य पदका लागि चार सय बढीले मनोनयन फारम किनेर लगेको निर्वाचन समितिले जनाएको छ । निर्वाचित हुने जिल्ला कमिटीमा ५५ जना महिला अनिवार्य निर्वाचित हुने जनाइएको छ ।


Author

थप समाचार
x