दल

चुनावले चकनाचुर विप्लव नेतृत्वको नेकपा

विप्लवले पार्टीलाई संसद्‍वादमा धकेलेपछि नयाँ पार्टी गठन गर्‍यौँ : बास्तोला

इकागज |
बैशाख २६, २०७९ सोमबार १४:२४ बजे

काठमाडौँ – मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन सन्निकट आइरहदा उम्मेदवार रोचक–घोचक दौडधुपमा छन् । उम्मेदवार, दल, समर्थक र मतदातासम्मलाई चुनाव लागेको छ । चुनाव सहभागी हुनेलाई मात्रै लागेको छैन, ‘बहिस्कार’ गर्नेलाई पनि लागेको छ । गत निर्वाचन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बहिस्कार गरेको थियो । यसपटक विप्लवलाई पनि चुनाव लागेको छ । निर्वाचन आयोगमै दर्ता भएर निर्वाचनमा होमिने योजना असफल भए पनि स्वतन्त्रका नाममा देशभर सयौँ उम्मेदवार चुनावी मैदानमा छन् । प्रचार–प्रसार गरिरहेका छन् । 

चुनावमा सहभागी दलहरू जन परीक्षामा छन् । उनी नतिजा  मतगणपछि आउने छ । तर, विप्लवको पार्टीमा भने चुनाव नहुँदै धक्का लागेको छ । चुनावलाई सदुपयोग/बहिस्कार गर्ने विषयले पार्टीलाई तहसनहस बनाएको छ । चुनावी मुद्दाले विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ । धमेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) घोषणा गरेको छ । सोमबार काठमाडौँको जमलस्थित राष्ट्रिय नाँचघरमा नेकपा बहुमत घोषणा भएको हो । नवगठित पार्टीले वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने कार्यनीति लिएको छ । ​बास्तोलाको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ । 


विप्लवबाट फुटेको नेकपा बहुमतको ७ बुँदे माग के-के छन् ?

विप्लव दार्शनिक रूपले सारसंग्रहवादी, राजनीतिक रूपमा संसदीय संशोधनवादी, स्रगठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी हुँदै क्रान्तिलाई विसर्जनको बाटोमा लगेपछि पार्टी पुनर्गठन गर्नुपरेको बास्तोलाले बताए । विप्लवले पार्टीलाई संसद्वादमा फसाउन लागेको आन्दोलनलाई पुनर्गठन गरेको उनको भनाइ छ ।

कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नु परेको बास्तोलाले बताए । ‘तत्कालीन महासचिव विप्लवले पार्टीलाई संसद्वादमा धकेलेपछि जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा हामी पुग्यौँ,’ उनले भने, ‘संक्षेपमा यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो । त्यसका लागि हामीले समृद्धि र स्वाधिनताको नारालाई अघि सारेका छौं ।’

नवगठित नेकपा बहुमतले भएको तीन बुँदे सहमतिअनुसार सम्पूर्ण बन्दी रिहाइ गर्न र झुट्टा मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ । संसदीय व्यवस्थाको भ्रममा नपर्न नेकपा बहुमतले आग्रह गरेको छ । 

नवगठित पार्टीमा संयोजक बास्तोलासहित नेता हेमन्तप्रकाश वलीलगायत छन् । बास्तोला–वली समूहको केही दिनअघि चितवनमा बसेको राष्ट्रिय भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो । 

चन्द नेकपामा गत चैतमा कपिलबस्तुमा बसेको केन्द्रीय समिति बैठकदेखि अन्तर विरोध सुर भएको थियो । महासचिव विप्लवले चुनाव उपयोग गर्ने प्रस्ताव बैठकमा गरेपछि बहुमत केन्द्रीय सदस्यले उक्त प्रस्ताव अस्वीकार गरेका थिए । विप्लवको प्रस्ताव अस्वीकार गर्दै चुनावबारे मध्यमार्गी लाइन लिएर पनि विप्लव–प्रकाण्ड चुनावमै होमिएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

विप्लव–प्रकाण्डले चुनाव कार्यनीतिक विषय भनेर उपयोग नीति पनि बास्तोला–वली भने यो कार्यनैतिक नभइ रणनीतिक विषय भएको बताउँदै आएका थिए । उनीहरूले आफूहरूसँग तत्कालीन पार्टीको बहुमत रहेको दाबी समेत गरेका छन् । 
 


Author

थप समाचार
x