राजनीति

माओवादीले आङबुहाङलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

लीलावल्लभ घिमिरे |
चैत १७, २०७७ मंगलबार १९:२० बजे

विराटनगर : नेकपा (मोओवादी केन्द्र) प्रदेश सभा संसदीय दल प्रदेश-१ ले टंक आङबुहाङलाई २४ घण्टे स्पस्टीकरण सोधको छ । नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक झलकबहादुर मगरले मंगलबार आङबुहाङलाई २४ घण्टा भित्र स्पष्टीकरण माग गरेका छन् । 

माओवादी संसदीय दलका नेतासमेत रहेका आङबुहाङ केही समयअघि एमालेमा प्रवेश गरेका थिए । उनलाई केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनयन गरिसकेका छन् भने प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले तिन दिन अघि विस्तार गरेको मन्त्री मण्डलमा आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन् ।
 । 
ताप्लेजुङ १ ‘ख’ बाट निर्वाचीत आङबुहाङ २०५६ सालबाट माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । सानै उमेरमा राजनितिमा लागेका आङबुहाङ माओवादी केन्द्रीय सदस्य थिए । यसअघिको मन्त्रीमण्डलमा माओवादी केन्द्रकै इन्द्रवहादुर आङबो आर्थिक मामिला तथा योजना मन्त्री थिए ।


नेकपामा आएको विवादसँगै आङबोलाई मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको आरोपमा मुख्यन्त्री राईले बर्खास्त गरेका थिए । आङबोको नेतृत्वमा ल्याएको अविश्वासको प्रस्तापमा टंक आङबुहाङसहित तत्कालीन नेकपाका ३७ सांसदले हस्ताक्षर गरेका थिए । 

यस्तो छ स्पष्टीकरण पत्र :


 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x