राजनीति

एमालेबाट जितेका तानसेनका पूर्व मेयर र उपमेयर नेकपा एसमा

इकागज |
भदौ ५, २०७९ आइतबार १५:५४ बजे

बुटवल । एमालेबाट निर्वाचित पाल्पाको तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही, उप प्रमुख लक्ष्मीदेवी पाठक नेकपा एसमा प्रवेश गरेका छन । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको जनाएका हुन ।

नेकपा एमालेभित्रबाट विभिन्न घटनाक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार काम हुन नसकेको भन्दै उक्त पार्टी परित्याग गरी नेकपा एसमा समाहित भएको नेताहरुले जनाएका छन् । नेकपा(एमाले) को नवौं महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा विपरीत पार्टीको माथिदेखि तलसम्म स्वेच्छाचारी र व्यक्तिवादी ढंगले नेतृत्व चल्न थाल्यो । पार्टीका नीति, सिध्दान्त,विचार र पद्दति कुल्चिने काम भएको छ ।


'नेतृत्वमा रहनेहरुको अदूरदर्शिता र गलत रवैयाका कारण विगतमा वामपन्थी आन्दोलनले विभिन्न आरोह अवरोध पार गर्दै अघि बढेको कुरा हामीले स्मरण गर्न आवश्यक छ ।' विज्ञप्तिमा भनिएको छ । उनीहरु सहित नेकपा एसमा प्रवेश गर्नेहरुमा एमाले नेता भिम बहादुर कुमाल,रामप्रसाद घिमिरे,शिव थापा,बिनिता लुइँटेल,सुजेन्द्र कार्की,बुद्दे सार्की,कृष्णबहादुर केसी,लक्ष्मण कार्की,मधु कार्की,बिनोद लुइँटेल,कृष्णकुमारी केसी,माधव प्रसाद पाठक,केशव प्रसाद घिमिरे,कृष्ण प्रसाद पाठक ,उमेश घिमिरे लगायत नेताहरु रहेका छन् ।


Author

थप समाचार
x