राजनीति

पूर्वराजा ज्ञानेन्द्र फेरि दिल्लीमा

पूर्वराजा कन्ट्याक्ट ट्रेसिङमा परेपछि कोभिड परीक्षण गर्दै

कुम्भ मेलामा सहभागी यूपीका पूर्वमुख्यमन्त्रीसहित ९ साधुमा संक्रमण

इकागज |
बैशाख १, २०७८ बुधबार १८:९ बजे

काठमाडौँ : छिमेकी भारतको हरिद्वारमा महाकुम्भ मेलामा सहभागी भएर पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली पुगेका छन् । उनको दिल्ली बसाई कति दिनको हो स्पष्ट छैन । यद्यपि उनले त्यहाँ राजनीतिक, पारिवारिक, साथी-सँगीसँग भेटघाट गर्ने छन् । उनी गत बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह हरिद्वारमा महाकुम्भ मेलामा सहभागी हुन भारत प्रस्थान गरेका थिए ।

आरम्भमा पनि तीन दिनको दिल्ली बसाइ र भेटघाटपछि उनी आइतबार शाही स्‍नानका लागि हरिद्वार पुगेका थिए । त्यहाँ उनलाई वहालवाला राजालाई झै सम्मान गरेका थिए । पूर्व राजाले पनि मुलुकको चिन्ता त्यहाँ पनि व्यक्त गरेका थिए । पूर्वराजा शाहसहित मेलामा सहभागी उनको समूह कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । उनले दिल्लीमै कोभिड-१९ परीक्षण गर्ने भएका छन् ।


उत्तर प्रदेशका मूख्यमन्‍त्री योगी आदित्यनाथलाई कोभिड-१९ संक्रमण देखिएको छ । चैत २९ मा कुम्भमेलामा पूर्वराजा शाह मेलामा सहभागी भएपछि दोस्रो दिन सोमबार पूर्वराजा शाहले शाही स्‍नान गरेका थिए । यद्यपि शाही स्नानमा आदित्य सहभागी थिएनन् । तर, पूर्वराजा शाह सहभागी भएको मेलामा उपस्थित उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव र ९ प्रमुख साधुलाई कोभिड-१९ संक्रमण पूष्टी भइसकेको छ । आइतबार नै मेलामा सहभागी भएका यूपीका पूर्वमुख्यमन्त्री यादवमा भने कोभिड-१९ पूष्टी भएको छ । यादवले ट्वीटमार्फत जानकारी दिँदै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

'भर्खरै मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मैले आफूलाई सबैजनाबाट अलग्गै राखेको छु,' उनले भनेका छन्, 'पछिल्ला केही दिनहरूमा मेरो सम्पर्कमा आएका मानिसहरूलाई परीक्षण गर्न विनम्र अनुरोध गर्दछु । केही दिन आइसोलेसनमा बस्न समेत बिन्ती गर्दछु ।'

१४ हिन्दु समूहका नेता नरेन्द्र गिरीलाई कोरोना संक्रमण पूष्टी भएको छ । उनै गिरीले यादवसँग भेटघाट गरेका थिए । मेलामा खटिएको कोभिड-१९ परीक्षण टोलीले मंगलबार लिएको २० हजार नमूना परीक्षणमा ११० जनामा संक्रमण देखिएको थियो । सोमबारको परीक्षणमा १८४ भक्तजनहरूमा संक्रमण पूष्टी भएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्‍त्री आदित्यनाथले ट्वीटरमार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनले भनेका छन्, 'सुरुवाती लक्षण देखिएपछि मलाई कोभिडको जाँच गराउँदा मेरो रिपोर्ट पोजिटिभ आएको छ । म सेल्फ आइसोलेसनमा छु र चिकित्सकको परामर्श लिएर पूर्णरुपमा पालना गरिरहेको छु । सबै काम भर्चुअल माध्यमबाट सम्पादन गरिरहेको छु ।'

त्यस्तै प्रदेश सरकारको सबै गतिविधिहरू सामान्यरुपमा सञ्‍चालित भइरहेको उनले लेखेका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वाब परीक्षण गराउन आग्रह समेत गरेका छन् । बीबीसीले दिएको जानकारी अनुसार आदित्यनाथ मेला स्थलमा सहभागी भएका थिएनन् ।


Author

थप समाचार
x