राजनीति

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध

इकागज |
असोज २६, २०७९ बुधबार ११:५९ बजे

काठमाडौँ - मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि दीपक मनाङे भनेर चिनिने गुरुङ निर्विरोध निर्वाचित हुने भएका हुन् ।

दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारीमात्रै बाँकी रहेको छ । एकल उम्मेदवारी रहने भएकाले उनी निर्विरोध हुने उनले बताए । 


राजीव २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 
 


Author

थप समाचार
x