राजनीति

कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा

इकागज |
असोज २६, २०७९ बुधबार १८:२१ बजे

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन् । उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो ।

कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको उनी बागी उम्मेदवार बनेका थिए । 


कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ । उनी कांग्रेस सर्लाहीका पूर्वसभापति हुन् । राय २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका थिए ।


Author

थप समाचार
x