राजनीति

कैलाली-५ (१) मा कांग्रेसका देउवा विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ८:४४ बजे

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेशसभा (१) को निर्वाचनमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । 

शुक्रबार बिहान सम्पन्न मतगणनामा प्रधानमन्त्री शेरबहादुर देउवाका भतिज समेत रहेका प्रकाशले एमालेका दुर्गाप्रसाद जोशीलाई ३ हजार २४० मतले पराजित गरेका हुन् । 


देउवाले ९ हजार ५९१ मत ल्याउँदा जोशीले ६ हजार ३५१ मत प्राप्त गरेका थिए । 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरी ४ हजार ३५८ मत प्राप्त गरेका थिए ।


Author

थप समाचार
x