राजनीति

कांग्रेसकी चित्रलेखालाई हराउँदै सिरहा–२ बाट राजकिशोर यादव विजयी

इकागज |
मंसिर १०, २०७९ शनिबार ३:५ बजे

फाइल तस्बिर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।    
    
निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन् ।  । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।   



Author

थप समाचार
x