राजनीति

बाजुराको​ बुढिनन्दा ५ मा खस्यो ५९७ मत

इकागज |
मंसिर १०, २०७९ शनिबार २१:१७ बजे

बाजुरा- बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुन: मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 


९ सय ९९ मतदाता रहेको मतदान केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।


Author

थप समाचार
x