राजनीति

ढुंगेललाई हराउँदै रामेछापमा कांग्रेसका कान्छाराम विजयी

इकागज |
मंसिर ११, २०७९ आइतबार ८:५३ बजे

रामेछाप- रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर (कान्छाराम) तामाङ विजयी भएका छन् । 

तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त  गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए ।


तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।


Author

थप समाचार
x