राजनीति

सुनसरी-१ मा जसपाका अशोक राईले बढाए अग्रता

इकागज |
मंसिर ११, २०७९ आइतबार २०:४० बजे

सुनसरी- सुनसरी १ मा प्रतिनिधि सभा सदस्यतर्फ जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता बढाएका छन् । 

पछिल्लो मत परिणाम अनुसार राईले १५ हजार ११४ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १४ हजार ६ सय २९ मतसहित पछ्याइरहेकी छन् । 


सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सासमहाङ्ग सुब्बा ११ हजार ५६२ मतसहित तेस्रो नम्बरमा र एमालेले जसपालाई समर्थन गरेपछि बागी उम्मेदवारी दिएका मनोज कुमार मेयाङ्गबोले ७ हजार १९० मत प्राप्त गरेका छन् ।
 


Author

थप समाचार
x