राजनीति

बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १४:३५ बजे

काठमाडौं- बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधि सभाको मतगणना रोकिएको थियो ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएको थियो ।


यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ । अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ । उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ ।

यो प्रदेशमा कांग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन् ।


Author

थप समाचार
x