राजनीति

आमाहरूको भविष्य सुरक्षित बनाउनुपर्छ : तिमिल्सिना

इकागज |
पुस २, २०७९ शनिबार १७:४० बजे

काठमाडौं- ​राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाहरूको भविष्य राम्रो बनाउन पहिला आमाहरूको भविष्य सुरक्षित र राम्रो बनाउनुपर्ने बताएका छन् ।

लूनिभा बाल सरोकार समूहले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले अब नेपाली समाजलाई रूपान्तरण गर्ने हो भने बालबालिकाहरूको भविष्य राम्रो बनाउनुपर्ने र त्यसका लागि आमाहरूको भविष्यलाई पनि ध्यान दिनुपर्ने बताएका हुन् । बालबालिकाहरूको पहिलो शिक्षा जन्मदादेखि नै घरबाटै हुने र त्यसमा आमाहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।


बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरू मात्रै नभएर सिंगो राज्यले भविष्यका कर्णधार बालबालिकाहरूको अधिकार स्थापित गर्न प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ । तिमिल्सिनाले राजनीतिक परिवर्तनपछि विकास समृद्धि र सुशासनको जनताको चाहनालाई पूरा गर्नका लागि गम्भीर भएर काम गर्नुपर्ने बताए ।

लूनिभा रजत जयन्ती २०७९ समापन समारोहका अवसरमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x