राजनीति

‘कांग्रेससँगको गठबन्धन टुट्यो, अब एमालेसँग सहकार्य हुन्छ’

इकागज |
पुस १०, २०७९ आइतबार १४:३० बजे

काठमाडौं– सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग सरकार गठनका सन्दर्भमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । अहिले उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकार गठनका लागि छलफल गरिरहेका छन् । 

स्रोतका अनुसार माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिएको र अब एमाले गठबन्धनको नेतृत्वमा सरकार बन्ने छ । माओवादीका एक नेताले ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेको र भाबी प्रधानमन्त्री उनी नै हुने बताए । 


‘कांग्रेससँगको गठबन्धन टुट्यो, अब एमालेसँग सहकार्य हुन्छ । कमरेड ओलीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको अफर गर्नुभएको छ । अब उहाँकै नेतृत्वमा सरकार बन्छ,’ नाम नबताउने सर्तमा ती नेताले भने ।

माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकार गठनको छलफलका लागि बालकोट पुगेका छन् ।

एमाले गठबन्धनको सरकार कति सम्भव ?

सरकार गठनका लागि १३८ सिट चाहिन्छ । एमाले गठबन्धनमा सम्मिलित सम्पूर्ण दलको सिट जोड्दा कुल १४४ सिट हुन्छ । जसमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४ सिट हो ।


Author

थप समाचार
x