राजनीति

राजेश हमाललाई मिलन पाण्डेको प्रश्‍न- तपाईं राजनीतिमा आउने सम्भावना छ ?

इकागज |
माघ १९, २०७९ बिहीबार १०:८ बजे

काठमाडौँ - विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले अभिनेता राजेश हमालसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् ।

भेटमा संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ । ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ,' हमालसँगको फोटो राख्दै नेता पाण्डेले लेखेका छन्,  'आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो । संविधानका आधारभूत विशेषताबारे छलफल भयो। वैकल्पिक राजनीतिबारे छलफल भयो। उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो। धेरैले जस्तै हामीले पनि उहाँलाई उठ्ने बेलामा सोध्यौँ, 'तपाई राजनीतिमा आउने सम्भावना कस्तो छ ?’


पाण्डेले हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर आफूहरूले सोधेको उल्लेख गरेका छन् । तर, जवाफबारे भने केही खुलाइएको छैन । भेटमा विवेकशील साझा पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्याल पनि थिए ।


Author

थप समाचार
x